April 19, 2026, Sunday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

माटोको ढिस्कोले पुरिएर दुई मजदूरको मृत्यु, एक बेपत्ता

जेष्ठ ३१, २०८१

700

नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर आज (३१ जेठ) दुई मजदुरको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुर पुरिएका थिए । पुरिएकामध्ये कावासोती नगरपालिका-५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना र २६ वर्षीया तानमाया गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको खोजी भइरहेको छ ।

ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा काम गर्ने क्रममा माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए । पुरिएकामध्ये दुई जनाको उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ पौडेलले जानकारी दिए ।

 

भर्खरै