May 6, 2024, Monday
२०८१ बैशाख २४Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

पोखरामाबस दुर्घटना हुँदा दुई जना घाइते

२०८० चैत्र १७

425

पोखरा महानगरपालिका -२७  अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।

बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए ।

बस दुर्घटना भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको छ । त्यही तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।