


पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोल र डिजेल दुवैको खुद्रा बिक्री मूल्य बढेसँगै उपभोक्तामाथि थप आर्थिक भार परेको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएकाले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो।











