March 24, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

कैफियत देखिएपछि विभागद्वारा फार्मलाई जरिवाना

चैत्र ९, २०८२

40

नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार एक फर्मलाई जरिवाना गरेको छ ।

स्थलगत निरीक्षण तथा अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले काठमाडौँ महानगरपालिका–२२ सुन्धारास्थित मुम्बई जाइकालाई रु १० हजार जरिवाना गरेको हो । विभागले आइतबार विभिन्न १३ वटा फर्ममा निरीक्षण गरेको थियो । सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

तीमध्ये १२ वटा फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा अन्य सरोकारवालाको उपस्थितिमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको छ ।रासस

भर्खरै