March 25, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

हावाहुरी झन् तीव्र हुनसक्ने सम्भावना देखिएको छ: प्राधिकरण

चैत्र ६, २०८२

55

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गरी काठमाडौँ उपत्यका लगायतका विभिन्न स्थानमा हावाहुरी चलिरहेकाले सतर्कता अपनाउन सचेत गराएको छ।

‘हावाहुरी झन् तीव्र हुनसक्ने सम्भावना देखिएको छ,’ प्राधिकरणले भनेको छ। हावाहुरीका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल ढल्ने, बिजुलीका तार चुँडिने, जस्तापाताले बनाइएका छाना उडाउनेलगायतका जोखिम रहने उल्लेख गरिएको छ। ‘त्यसैले जोखिमयुक्त यात्रा नगरौँ, हावाहुरी नरोकिउञ्जेल सुरक्षित स्थानमा बसौँ। विद्यालयका बसहरू छुट्ने समय भएकोले विशेष ख्याल गर्नु हुन पनि अनुरोध छ,’ प्राधिकरणले भनेको छ।

भर्खरै