प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । विश्वासको मत पाउने आधार नभएपछि आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई मुख्यमन्त्री पाण्डेले राजीनामा पत्र बुझाएका हुन् । गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत...