नेपाल-भारत जमुनाह नाकामा एकीकृत जाँचचौकी सञ्चालन
नेपाल-भारत जमुनाह नाकामा निर्मित एकीकृत भन्सार जाँचचौकी औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपालगञ्ज नाकामा एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने अपेक्षा गरिएको छ । बाँकेको नेपालगञ्ज नाकास्थित एकीकृत भन्सार जाँचचौकीको सोमबार शुभारम्भ गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औपचारिक रूपमा सञ्चालनमा आएपश्चात दुई देशबीचको व्यापारमा सहजीकरण हुने बताए । जाँचचौकी सञ्चालनमा आएसँगै...