संविधान कार्यान्वयनमा एकजुट हुन आवश्यकः सञ्चामन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्दाको समयमा जस्तै संविधान कार्यान्वयनमा पनि सबै एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ । आज यहाँ आयोजित ‘राष्ट्रिय महिला मादल बादन’ प्रतियोगिताका अवसरमा मन्त्री शर्माले संविधानमा भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याएपछि मात्रै वास्तविक लोकतन्त्र आएको महसुस गर्न सकिने बताउनुभयो । यसका लागि राजनीतिकदेखि सांस्कृतिक क्षेत्रको...