April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

भक्सवागन’ द्वारा पचास हजार रोजगारी कटौती गर्ने घोषणा

फाल्गुन २७, २०८२

115

जर्मनीको मोटर कम्पनी ‘भक्सवागन’ले कम्पनीले सन् २०३० सम्म जर्मनीमा करिब पचास हजार रोजगारी कटौती गर्ने योजना बनाएको घोषणा गरेको छ ।

फक्सवागनका प्रमुखले भनेका छन्, ‘सन् २०३० सम्म जर्मनीमा भक्सवागन समूहभित्र कुल करिब पचास हजार रोजगारी कटौती हुनेछन् । यसअघि सन् २०२४ को अन्त्यमा पैंतीस हजार रोजगारी घटाउने सहमति भइसकेको थियो । अबको कटौती उच्च स्तरका ब्राण्ड र सफ्टवेयर कम्पनीमा हुनेछ ।’

कम्पनीले यस निर्णयलाई चीनमा कडा प्रतिस्पर्धा, युरोपमा स्थिर माग र विद्युतीय सवारी साधनमा उच्च लगानी लागत जस्ता चुनौतीहरूको सामना गर्दै उठाइएको बताएको छ । फक्सवागन लामो समयदेखि चीनको बजारमा अग्रणी रहँदै आएको भए पनि स्थानीय प्रतिस्पर्धीहरूले कम्पनीको बिक्रीमा दबाब पारेका छन् ।

प्रमुखले पत्रकार सम्मेलनमा थप भनेका छन्, ‘स्थानीय कम्पनीहरूले युरोपियन बजारमा प्रवेश गरेर मूल्य प्रतिस्पर्धा बढाउने प्रयास गरिरहेका छन् । यसले हामीमाथि दबाब बढाउनेछ । हामीले लागत घटाउने उपायमा अझ गहन प्रयास गर्न आवश्यक छ ।’

विशेषज्ञहरूले भक्सवागनको यो कदमलाई सस्तो र स्थिर उत्पादन लागत कायम राख्दै कम्पनीको दीगो सञ्चालन सुनिश्चित गर्ने रणनीतिको रूपमा विश्लेषण गरेका छन् ।

यो निर्णयले कर्मचारी, सङ्घसंस्था र बजारमा ठूलो असर पार्ने ठानिएको छ । कम्पनीले यस कटौतीबाट वर्षेनी ठूलो आर्थिक बचत हुने अपेक्षा गरेको बताइएको छ ।

भर्खरै