


चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणनामा सोबिता गौतम अग्रस्थानमा देखिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गौतम झन्डै दोब्बर मतान्तरसहित अघि बढिरहेकी हुन्।
हालसम्म १९ हजार ४५ मत गणना हुँदा गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दाहालले ५ हजार २५६ मत प्राप्त गरेकी छन्। यस आधारमा गौतम दाहालभन्दा ४ हजार ६२३ मतले अगाडि रहेकी छन्।
यस्तै, शंकर थपलिया ९नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १ हजार ४६५ मत, टेकप्रसाद गुरूङ (नेपाली कांग्रेस) ले १ हजार २२ मत तथा दीपक थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ३२३ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।











