February 11, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

धादिङमा सरकारी निकायको वार्षिक समिक्षा सुरु

भदौ १७, २०८२

395

संघिय तथा प्रादेशिक कार्यालयहरु र स्थानीय तहहरुको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समिक्षा कार्यक्रम धादिङबेशीमा आजदेखि सुरु भएको छ । वर्षभरि गरिएको कामको समिक्षा आगामी वर्षका लागि कार्यक्रम तथा योजनालाई प्रभावकारी बनाउन र अनुभव आदान प्रदान तथा सिकाई व्यवस्थापन गर्ने उद्धेश्यले वार्षिक प्रगति समिक्षा कार्यक्रम थालिएको हो ।

मंगलबारदेखि सुरु भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका, गंगाजमुना गाउँपालिका, नेत्रावति डबजोङ गाउँपालिका, गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाले प्रस्तुितकरण गरेका छन् ।

त्यस्तै, नागढुंङगा सडक आयोजना पूर्वी खण्ड, सघन शहरी तथा भवन निर्माण कार्यालय धादिङ, पूर्वाधार विकास आयोजना, नयाँ शहर आयोजना कार्यालय गल्छी, राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम, डिभिजन वन कार्यालय धादिङ, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय धादिङ, कृषि विकास कार्यालय धादिङ र पशु सेवा कार्यालय धादिङले पनि कार्यलयले गत वर्षमा गरेका कार्यक्रमहरु प्रस्तुतकिरण गरेको हो । बाँकी रहेका पालिका र कार्यालयहरुले भोली भदौ १८ गते प्रस्तुतकिरण गर्ने जिल्ला समन्वय अधिकारी रामाश्रय यादवले बताए ।

यस्ता वार्षिक प्रगति समिक्षा कार्याक्रमले पृष्ठपोषण, अनुभव सिकाई आदान प्रदान हुँदा आगामी कार्यक्रमहरु प्रभावकारी बन्ने यादवको भनाई छ । कार्यक्रमको उद्घाटन समारोहको सम्बोधन गर्दै प्रदेश सभा सदस्य गोविन्द लम्सालले सिकाई अनुभाव आदान प्रदानले आगामी दिनमा उत्कष्ट काम गर्ने पृष्ठपोषण मिलेको बताए ।

भर्खरै