February 11, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन

भदौ १४, २०८२

360

रुपन्देहीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । लामो समयदेखि मुटुरोगबाट बिरामी रहेका मुसलमानको आज (१४ भदौ) बिहान हृदयाघातका कारण आफ्नै निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

परम्परागत रूपमा आज साँझ ५ः०० बजे स्थानीय कब्रिस्तानमा उनको अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिएका छन् ।

सजरुद्दिन नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित भएका थिए ।

भर्खरै