April 18, 2026, Saturday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

नेपाल र भारतका सचिवबीच द्विपक्षीय भेटवार्ता

भदौ १, २०८२

515

परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका विदेशसचिव विक्रम मिस्रीबीच द्विपक्षीय भेटवार्ता भएको छ । उहाँहरुबीच द्विपक्षीय ‘कनेक्टिभिटी’, व्यापार र विकास सहयोगलगायत विस्तृत मुद्दामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि विदेशसचिव मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । साथै विदेशसचिव मिस्रीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डसँग समेत शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका विदेश सचिव मिस्री सोमबार काठमाडौंबाट प्रस्थान गर्नुहुनेछ । विदेशसचिव मिस्री परराष्ट्र सचिव राईको निमन्त्रणमा नेपालको दुईदिने औचापरिक भ्रमणका क्रममा यहाँ आइपुग्नुभएको हो ।

 

भर्खरै