March 11, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending

हेडलाइन

शुभखबर संवाददाता

युएई पनि अफगानिस्तान र पाकिस्तानसँग टी–२० श्रृंखलामा भाग लिने

साउन १७, २०८२

430

अफगानिस्तान क्रिकेट बोर्डले युएईमा आयोजना हुने टी–२० त्रिकोणात्मक श्रृंखलाका लागि स्वीकृति दिएको छ। बोर्डले यस टी–२० त्रिकोणात्मक श्रृंखलामा भाग लिने पुष्टि गरेको छ।

अफगानिस्तान बाहेक यसमा पाकिस्तान र युएई पनि छन्। यी तीन टोलीले समूह चरणका ६ खेलमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। समूह चरणका शीर्ष दुई टोलीबीच अन्तिम खेल खेलाइनेछ।

टी–२० त्रिकोणीय शृङ्खला अगस्ट २९ देखि सुरु हुनेछ र अन्तिम खेल सेप्टेम्बर ७, २०२५ मा खेलिनेछ।  यो शृङ्खलाले तीन टोलीलाई सेप्टेम्बर ९ देखि युएईमा खेलिने एसिया कपको तयारीमा मद्दत गर्नेछ।

भर्खरै