March 24, 2025, Monday
Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

पृथ्वी राजमार्ग (नौबिसे–मुग्लिङ) सडक खण्ड आंशिक बन्द हुने

२०८१ पुष ४

460

सडक विस्तारको लागि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको विभिन्न खण्ड एक साता आँशिक रुपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले एक सुचना जारी गर्दै नागढुँगा नौबिसे खण्डको सुरुङमार्ग स्थित सिस्नेखोला क्षेत्र, नौविसे मलेखु खण्डको पोखरे क्षेत्र र मलेखु मुग्लिन खण्डको विशालटार क्षेत्र यहि पौष ७ गते देखी पौष १३ गते सम्म एक साता आँशिक रुपमा बन्द हुने भएको हो ।

उक्त सडक खण्डमा मोड सुधार तथा कटान लगायतका काम गर्न बिहान ११ बजे देखी दिउँसो २ बजेसम्म उक्त सडक क्षेत्र बन्द हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो । एम्बुलेन्स र सुरक्षा निकाय बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई छ ।

प्रशासनले उक्त अवधीमा ट्राफिक नियमको पालना गरि सवारी साधन विश्राममा राख्दा लेन अनुशासन कायम राख्न र लेनमा सवारी साधन रहँदा ओभरटेक नगर्न समेत अनुरोध गरेको छ ।