July 18, 2025, Friday
Nepal 1:37:26 pm
Trending
शुभखबर संवाददाता

सरकार मरेको छैन, सक्रिय छ : एमाले नेता रिजाल

कार्तिक २, २०८१

1K

नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेलाई सरकार मरेको नभई सक्रिय रहेको जवाफ दिएका छन् । कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सरकार मरेर आफूलाई जुठो परेको बताएका थिए ।

त्यसको काउन्टर जवाफमा नेता रिजालले सरकार मरेको नभई सक्रिय भएको बताएका हुन् । फेसबुकबाटै जवाफ लेख्दै रिजालले भनेका छन्, ‘रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी हुनु न खुसीको कुरा हो न दुखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ ।’ गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश नखसेको र राजनीतिक प्रतिशोध नभएको उनको प्रतिक्रिया छ । उनले प्रश्न गर्दै लेखेका छन् रवि पक्राउ पर्दा के आकाश खस्छ ?